Tuesday, June 30, 2015

मदन भण्डारीसगको यात्रा


धेरैलाई अनौठो लाग्न सक्छ, जननेता मदन भण्डारीको नाम मैले पछि सुने, मेरो नाम उहाले पहिले नै सुनिसक्नु भएको थियो । २०४७ सालमा तत्कालिन मालेको केन्द्रीय कार्यालय बागबजारमा भेट्दा उहाले ‘तपाई नै हो सुवास’ भन्दै मेरो बारे धेरै कुरा सुनेको तथा छलफल भएको बताएपछि मैले यो थाहा पाएको हु । तर, उहाले त्यसो भन्दा पनि मलाई भने अनौठो लागेको थिएन । किनभने, २०३७ सालमा बुबा ऋषिराज देवकोटा ‘आजाद’ शहिद हुनुभएपछि परिवारसहित म मालेको आश्रयमा हुर्किएकाले म तथा मेरो परिवारबारे उहालाई थाहा हुनु अनौठो थिएन ।
मदन भण्डारीको नाम मैले २०४७ सालमा बहुदल आएपछि मात्र सुनेको हु । मालेका कयौं नेताहरुलाई भूमिगतकालमै देखेपनि उहालाई भने मैले २०४७ अघि देखेको थिइन । २०४७ सालमा काठमाडौंका भिमसेनस्थानमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा उहा र उहाको भाषणसग पहिलो पटक साक्षात्कार हुने अवशर जुरेको थियो ।

भूकम्प र यसले हामीलाई दिएको शिक्षा


२०७२ बैशाख १२ गते मध्यान्ह ११.५६ बजे आएको ७.८ रिख्टर स्केलको भूकम्पको परकम्पन अझै पनि आइरहेको छ । ंंं८८०० भन्दा बढिको ज्यान लिएको, २३००० भन्दा बढिलाई घाइते बनाएको तथा झण्डै ८ लाख घरहरु भत्काएर खर्बाैं रुपैयाको भौतिक सम्पति नष्ट गरेको यो भूकम्प ८२ बर्ष यता नेपालले भोगेको सबैभन्दा ठूलो प्राकृतिक बिपत्ति हो । यसअघि बि.सं. १९९० मा नेपालमा आएको ८ रिख्टर स्केलभन्दा ठूलो भूकम्पले यस्तै क्षति पुर्‍याएको थियो ।
शनिबार, स्कुल, कलेज, सरकारी कार्यालयहरु सबै बन्द रहेको बेला मध्यान्हमा भूकम्प आउनुअघि यसको कल्पना पनि कसैले गरेका थिएनन् । गोर्खाको बार्पाकलाई केन्द्रबिन्दु बनाएर आएको यो भुकम्पले गोर्खाको भौतिक संरचना अधिकांश नष्ट गर्‍यो भने त्यसभन्दा पूर्वका धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रेपलाञ्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप र सिन्धुलीमा पनि ठूलो क्षति पुर्‍यायो । त्यसपछिका साना परकम्पन र बैशाख २९ गते दिउसो १२.५१ मिनेटमा आएको ६.८ रिख्टर स्केलको ठूलो परकम्पनले थप मानवीय र भौतिक क्षति पुर्‍यायो ।
 
Configuration After installing, you might want to change these default settings: