Tuesday, June 30, 2015

मदन भण्डारीसगको यात्रा


धेरैलाई अनौठो लाग्न सक्छ, जननेता मदन भण्डारीको नाम मैले पछि सुने, मेरो नाम उहाले पहिले नै सुनिसक्नु भएको थियो । २०४७ सालमा तत्कालिन मालेको केन्द्रीय कार्यालय बागबजारमा भेट्दा उहाले ‘तपाई नै हो सुवास’ भन्दै मेरो बारे धेरै कुरा सुनेको तथा छलफल भएको बताएपछि मैले यो थाहा पाएको हु । तर, उहाले त्यसो भन्दा पनि मलाई भने अनौठो लागेको थिएन । किनभने, २०३७ सालमा बुबा ऋषिराज देवकोटा ‘आजाद’ शहिद हुनुभएपछि परिवारसहित म मालेको आश्रयमा हुर्किएकाले म तथा मेरो परिवारबारे उहालाई थाहा हुनु अनौठो थिएन ।
मदन भण्डारीको नाम मैले २०४७ सालमा बहुदल आएपछि मात्र सुनेको हु । मालेका कयौं नेताहरुलाई भूमिगतकालमै देखेपनि उहालाई भने मैले २०४७ अघि देखेको थिइन । २०४७ सालमा काठमाडौंका भिमसेनस्थानमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा उहा र उहाको भाषणसग पहिलो पटक साक्षात्कार हुने अवशर जुरेको थियो ।

युवा संघको कार्यालय उद्घाटनपछि उहाको दोश्रो भाषण बागबजारमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटन हुदा सुन्ने मौका मिल्यो । उहाको भाषण त प्रभावशाली थियो नै, मेरो लागि उहाको व्यक्तित्व त्यति नै अनौठो र आकर्षणको बिषय थियो । किनभने, मैले त्यतिबेलासम्म त्यस्तो मोटोघाटो र आकर्षक व्यक्तित्वको तत्कालिन मालेका कुनै नेता देखेको थिइन । अनि, उहाले बोल्दा धेरैले भन्दा फरक म भाषणसगै अरु श्रोतालाई पनि ध्यान दिन्थे । पार्टी कार्यालय उद्घाटनमा उहाले बोलिरहदा दर्शक/श्रोता मात्र नभएर मंचमा आशिन पुराना बाम नेताहरु पनि चकित परेकोमा मेरो ध्यान गएको थियो ।
कलकत्तामा भाकपा मालेको महाधिवेशनमा भाग लिएर फर्कनु भएपछि मेरो उहासग नजिक हुने संयोग जुर्‍यो । नेपालीपत्र साप्ताहिकमा भर्खरै संवाददाताको काम सुरु गरेको थिए । सम्पादक जनार्दन आचार्यले ‘बिमानस्थल गएर कलकत्ताबाट फर्केका मदन भण्डारीको अन्तर्वाता ल्याउनु’ भन्ने निर्देशन दिनु भयो । बिमानस्थलमा उहासग गरेको कुराकानी भोलीपल्ट नेपालीपत्रमा मुख्य समाचार बन्यो । उहाले भन्नुभएको थियो, ‘नक्शलवादी आन्दोलनको उपदायता अझै बाकि छ ।’ बर्गीय समाज रहेसम्म नक्शलवादी आन्दोलनको उपादयता बाकि रहने उहाको विचार थियो । पार्टी परिवारको सदस्य भएकाले यसैपनि मप्रति उहाको सद्भाव थियो, दैनिक पत्रिकाहरु नभएको त्यसबेला नेपालीपत्रले आफ्नो विचार महत्वका साथ छापेकाले पनि त्यसको संवाददाता रहेका कारण उहाबाट मैले थप सद्भाव प्राप्त गर्ने मौका पाए ।
केही दिनपछि नै उहाको टनकपुर भ्रमणमा मैले सदस्यका रुपमा भाग लिने मौका पाए । टोलीमा पत्रकारहरु किशोर श्रेष्ठ, राजेन्द्र गौतम र सुजिव बज्राचार्य हुनुहुन्थ्यो । गाडीका चालक थिए, अमर लामा । जीपमा मदनसग एक हप्ताभन्दा लामो यात्रामा जान पाउनु पत्रकारसगै सामान्य मान्छेका रुपमा पनि मेरो लागि ठूलो मौका थियो । किनभने, खुला राजनीतिमा आउनुभएको धेरै बर्ष नभएको, भर्खरै आम निर्वाचनमा बहालबाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको तथा चमत्कारिक भाषणका कारण उहा त्यसबेला सर्वाधिक चर्चा र रहश्यका पात्र हुनुहुन्थ्यो ।
हामी पजेरो जिपमा गएका थियौं । यात्राको सुरुकै दिन उहाको कम बोल्ने स्वभाव थाहा भइहाल्यो । तर, जति बोल्नुहुन्थ्यो, प्रभावशाली तथा मिठासपूर्ण हुन्थ्यो । टेलिभिजन र पत्रपत्रिका अहिले जस्तो नभएपनि बाटोमा उहालाई चिन्ने तथा पछ्याई पछ्याई हेर्ने मानिसहरु पर्याप्त देखिन्थे । चिया पिउन गाडी रोक्दा त हेर्ने मानिसहरुको सानो सानो भिड नै लाग्थ्यो । त्यसै प्रसङ्गमा बुटवलमा एउटा रोचक घटना भएको थियो ।
बुटवल पुग्दा साझ झमक्क भइसकेको थियो । त्यो रात नेपालगञ्ज पुग्ने योजना भएपनि पार्टीका स्थानीय नेता/कार्यकर्तासग छोटो भेटघाट गर्ने उहाले इच्छा राख्नुभयो र पसलको फोनबाट सम्पर्क गर्न थालियो । सम्पर्क नभएपछि हामी सडककै एउटा चिया पसलमा उभियौं र चियाको अर्डर गर्‍यौं । त्यहा अरु केही मानिस पनि उभिएका थिए । मानिस चिन्न नसकिनेगरी साझ परिसकेको थियो । त्यही कारण हामीसग ति मानिसहरु गफमा मिसिएपनि उहालाई चिनेनन् । चिया पिएर हामी हिड्ने बेला उनीहरु बिदाईका लागि हात मिलाउन आए । हामी र उनीहरुले हात मिलाउदै परिचय आदानप्रदान गर्दै गयौं । जब उहाले एक जनासग हात मिलाउदै ‘म मदन भण्डारी’ भन्नुभयो, आश्चर्यको स्वरमा ‘मदन भण्डारी, मदन भण्डारी’ भन्दै उनी झण्डै लडेनन् । अनि केही क्षणपछि सम्हालिदै ‘म हजुरलाई चिन्थे, अध्यारोले गर्दा चिन्न सकिएन भन्दै माफी मागे । बुटवलको त्यो रमाईलो प्रसङ्ग कञ्चनपुर पुग्दासम्म हाम्रो गफको बिषय बन्यो ।
त्यही रात ११ बजे हामी नेपालगञ्ज पुग्यौं । पाचौ महाधिवेशन आउन लागेकाले त्यहा कार्यकर्ता भेला राखिएको थियो । बेलुका नै जम्मा भइसकेका कार्यकर्ताहरु उहालाई पर्खिरहेका रहेछन् । जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम किन बनाउनु पर्‍यो भन्ने बिषयमा उहाले प्रभावशाली मन्तव्य दिनुभयो । मन्तव्यपछि प्रश्नउत्तरको कार्यक्रम चल्यो । रात छिप्पिदै जादा कार्यकर्ताहरु झकाउन थाले, उनीहरुलाई बामदेव गौतमले पानी छ्यापेर बिउझाइरहनु भएको थियो । मदनले बिहान कार्यक्रमस्थल नछाडिन्जेलसम्म पूरै जागरका साथ कार्यकर्ताहरुको जिज्ञाशा सुनेर उत्तर दिनुभयो । बिहान ५ बजे हामी धनगडीका लागि नेपालगञ्जबाट हिड्यौं ।
कोहलपुरमा धनपति उपाध्याय हामीलाई पर्खिरहनु भएको रहेछ । कर्णाली नदिमा पुल नबनिसकेकाले फेरी तर्दै हामी बिहान १० बजेतिर धनगडी पुग्यौं । धनगडीमा दिउसो २ बजे आमसभा राखिएको थियो । मदन रातभरी अनिदो रहनुभएकाले त्यसअघि कार्यकर्ताहरुसग भेटघाट कार्यक्रम राखिएको थिएन । त्यसबीच हामी सबै सुत्यौं । धनगडीमा ठूलो जनसमूह जम्मा भएको थियो । मदनले नेपाली कांग्रेसको तत्कालिन सरकारले गरेका गलत काम तथा टनकपुर सन्धीको विरोधमा प्रभावशाली मन्तव्य दिनुभयो ।
त्यही दिन हामी कञ्चनपुर लाग्यौं । कञ्चनपुरमा पर्सिपल्ट आमसभा राखिएको थियो । सभाका लागि माधव नेपाल पहिल्यै त्यहा पुगिसक्नु भएको रहेछ । महाकालीमा एमालेको इन्चार्ज त्यसबेला बिष्णु पौडेल हुनुहुन्थ्यो । भोलीपल्ट बिहानै हामी टनकपुर वाध हेर्न गयौं । वाध हेरेपछि ब्रम्हदेव मण्डी गयौं र फर्कियौं । त्यो दिनभरी र बेलुका पनि मदनले स्थानीय कार्यकर्ताहरुसग भेट्नु भयो ।
स्थानीय कार्यकर्ताहरुले राम्रो तयारी गरेकाले कञ्चनपुरको सभामा ठूलो जनसमूह जम्मा भएको थियो । डेढ घण्टा लामो सम्बोधनमा मदनले सरकारले भारतसग गरेको टनकपुर सन्धीले नेपाललाई ठूलो घाटा भएको तथा सरकारले सन्धीलाई समझदारी भनेर ढाटेको बताउनुभयो ।
फर्किदा हामीसग गाडीमा माधव नेपाल पनि हुनुहुन्थ्यो । हामी दाङको घोराही पनि पस्यौं । त्यहा पनि कार्यकर्ता भेला राखिएको थियो । त्यसपछि चितवनको कार्यकर्ता भेलालाई पनि उहाले सम्वोधन गर्नुभयो । चितवनमा जनताको बहुदलीय जनवादको तर्फबाट मदन र माधव नेपाल तथा परिमार्जित नौला जनवादको तर्फबाट झलनाथ खनाल र सिपी मैनालीले बोल्नु भएको थियो । त्यहाबाट काठमाडौं फर्किदा खनाल र मैनाली पनि त्यही गाडीमा चड्नुभएकाले हामी अटाईनअटाई भयौं ।
यसरी, मदनसगको १० दिन लामो यात्रा सकियो । कमैले पाउने त्यो अवशरमा कयौं अविस्मरणीय प्रसङ्गहरु छन्, जसलाई उतार्न बाकि छ ।
(जननेता मदन भण्डारी ६४ औं जन्मजयन्तीको अवशरमा )

टनकपुर जानुअघि खिचिएको तश्वीरमा लेखक देब्रेतिरको पहिलो ।
Add caption

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: