Tuesday, July 28, 2015

ओबामाको बिचारोत्तेजक भाषण

अमेरिकी राष्ट्रपति बराक ओबामाको आजको भाषण निकै चित्त बुझ्दो थियो, ‘प्रजातन्त्र पश्चिमा प्रणाली होइन, यो त सम्पूर्ण मानव समाजले विकाश गरेको पद्धति हो ।’ अफ्रिकाको इथियोपियामा आज भएको अफ्रिकी युनियनको सम्मेलनमा ओबामाले दिएको भाषण धेरै अर्थमा बिचारोत्तेजक थियो । अहिलेसम्मको सर्वाेत्तम शाषन प्रणाली प्रजातन्त्रलाई कयौं मुलुकमा पश्चिमा भनेर नकारिने गरिन्छ भने हाम्रै नेपालमा पनि कयौंले यसलाई पुजिवादी प्रणाली भनेर अस्विकार गर्ने गरेका छन् ।

अफ्रिकी युनियनको सम्मेलनलाई पहिलो अमेरिकी राष्ट्रपतिको रुपमा सम्वोधन गर्दै ओबामाले प्रजातन्त्र निश्चित समयमा निर्वाचन हुने मात्र नभएर समग्र प्रणाली भएको बताए । ‘हामीले दुई सय बर्षदेखि कार्यन्वयन गरेको भएपनि प्रजातन्त्र अझै पूर्ण हुन बाकि छ, तर सम्पूर्ण मानवबीच समानताको प्रयास निरन्तर जारी रहन्छ’ अफ्रिकाकै केन्यामा पिताको जन्मस्थान रहेका ओबामाको भनाई थियो । प्रजातन्त्रकै कारण अमेरिकामा आफू पहिलो अफ्रिकी अमेरिकी राष्ट्रपति हुनसकेको पनि उनले बताए ।

‘म अझै युवा भएपनि, निर्वाचन फेरी जित्ने बिश्वास भएपनि तेश्रो पटक निर्वाचन लड्न अमेरिकी संविधानले दिदैन । मभन्दा पछि आफ्नो मुलुकका लागि केही गर्छु भन्ने ताजा सोच भएको मानिस छ भन्ने पनि मैले विचार गर्नुपर्छ’ ओबामाले भने । उनको यो भनाई संविधान परिवर्तन गरेर तथा अर्काे तरिकाले जिवनभरी शाषनमा बस्ने अफ्रिकी प्रवृतिप्रति लक्षित थियो । ‘राष्ट्रपतिबाट हटेपछि पनि म सम्मानपूर्वक अर्काे काम गर्न सक्छु, मेरो अफ्रिका आगमन योभन्दा अझ बढि हुनसक्नेछ’ ओबामाले भने ।  

महिला समानताको पक्षमा पनि कार्यक्रममा उनले जोडदार धारणा राखे । आधा जनसंख्यालाई पछि पारेर अफिका तथा कुनै समाज सम्बृद्ध हुननसक्ने उनको भनाई थियो । अफ्रिकामा रहेको महिलाप्रतिको परम्परागत धारणाको पनि उनले आलोचना गरेका थिए । 

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: