Wednesday, July 1, 2015

मन्त्री पराजुली राजीनामा दिदै


असार १५ को धान दिवसका दिन महिलाहरुप्रति अभद्र व्यवहार गर्ने कृषि मन्त्री हरि पराजुलीले राजीनामा दिने भएका छन् । एमाले उच्च श्रोतका अनुसार, असार १७ गते दिउसो उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्नेछन् । असार १६ गते बेलुका एमाले अध्यक्ष केपी ओलीसग बालकोटमा भेटेपछि उनी राजीनामा दिने अवस्थामा पुगेका हुन् ।

काठमाडौं मूलपानीमा भएको धान रोप्ने कार्यक्रममा मन्त्री पराजुलीले महिलाहरुको असहमतिका बावजूद जबरजस्ती टासिएर अभद्र व्यवहार गरेपछि सामाजिक संजाललगायत समाजको सबै क्षेत्रबाट व्यापक विरोध भएको थियो । तर, १६ गते दिउसोसम्म उनले आफ्नो कर्मलाई स्वभाविक भन्दै राजीनामा नदिने बताइरहेका थिए । उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतमलाई दिउसो भेट्दा तथा भेटेपछि पनि उनी राजीनामा दिने मनस्थितिमा पुगेका थिएनन् । श्रोतका अनुसार, राजीनामा नदिए फिर्ता बोलाउने एमाले अध्यक्ष ओलीको जानकारीपछि मन्त्री पराजुली राजीनामा दिने निर्णयमा पुगेका हुन् ।



काठमाडौं गोकर्णमा १६ गते दिउसो भएको एउटा कार्यक्रममा हुदा नै एमाले अध्यक्ष ओली मन्त्री पराजुलीसग स्पष्टिकरण लिने र राजीनामा गराउने मनस्थितिमा पुगेको देखिन्थ्यो । मन्त्री पराजुलीको व्यवहार पचाउन नसकिने रहेको तथा समाजका सबै क्षेत्रबाट उनीप्रति आक्रोश बढ्दै गएकोप्रति ओली जानकार देखिन्थे । त्यहा रहेका एमाले महासचिव इश्वर पोखरेल, सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य शंकर पोखरेलेको पनि ओलीभन्दा फरक धारणा देखिदैनथ्यो ।

खेलकूद मन्त्री पुरुषोत्तम पौडेललाई फिर्ता बोलाउनेबारे फरक ठाउमा रहेका एमाले नेताहरु मन्त्री पराजुलीबारे  भने एक ठाउमा देखिएका थिए । पौडेललाई राजीनामा दिन वाध्य पारे बिद्रोह गर्ने चेतावनी दिएका माधव नेपाल पक्षीय नेताहरुले पनि सार्वजनिकरुपमै पराजुलीलाई हटाउनु पर्ने बयान दिएका थिए । यद्यपि, यसलाई उनीहरुले ओलीको विरोध गर्ने बहाना बनाएको पनि देखिएको थियो ।    

यसैबीच, असार १७ गते बिहान ९ बजे मन्त्री पराजुलीले एमाले अध्यक्ष ओलीलाई निवास बालकोटमा भेटेर पदबाट राजीनामा बुझाएका छन् । त्यसलगत्तै ओलीले पराजुलीको राजीनामा प्रधानमन्त्री सुशिल कोइरालाकोमा पठाएका थिए भने पराजुली पनि कोइरालालाई बालुवाटारमै पुगेर राजीनामा बुझाउदै मन्त्री परिषद सदस्यका रुपमा अन्तिम भेट गरेका थिए ।

0 comments:

Post a Comment

 
Configuration After installing, you might want to change these default settings: